सभामुख घर्तीमगरद्धारा बाढी पहिरो र खोलाको कटानको निरिक्षण विस्थापितलाई पुर्नस्थापना र तटवन्धको प्रवन्ध मिलाउने प्रतिवद्धता


१६ श्रावण २०८०, मंगलबार  

2
Shares


बुटवल । बाढीपहिरो र खोलाको कटानले क्षती पु¥एको तिनाउ गाउँपालिका–१, कचल र २ को दोभानमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मंगलवार स्थलगत निरिक्षण गर्नु भएको छ।
दोभान र कचलका विभिन्न स्थानमा दोभान खोलामा आएको बाढीले धान खेत कटान गर्नुका साथै केही घर परिवार विस्थापित गराएको छ ।
बाढीले तिनाउ गाउँपालिका–२, दोभानको बगाहा, पासकुण्ठ, वेओरे, भुताहा, घोडेबास लगायतका स्थानमा ठूलो क्षति गरेको हो । भुताहामा सन्त बहादुर जिसीको खेत खोलाले कटान गरेको छ । दोभानकै व्योरेमा मोहन जिसी र जेदे नेपालीको खेत खोलाले कटान गरेको छ ।
दोभानकै बगाहास्थित पदमबहादुर जिसीको दुई रोपनी खेत र टंकलाल गिरीको केही खेत बगाएको छ । कटानका कारण सोही स्थाननजिक रहेको झोलुङेपुलसमेत खतरामा परेको छ । दोभान पासकुण्डामा अवस्थित शारदा प्रसाद न्यौपाने, विष्णु अर्घाली र गोपाल विकको झन्डै सात रोपनी खेत कटान गरेको छ । खोलाको कटानले सयौ रोपनी खेतीयोग्य जमिन मासिएको
दोभानका पूर्ववडाध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयो । दोभानमा झ्याङ्लामा ह्युम पाइप राख्दा बसन्त कुमालको घरलाई क्षति पुगेको छ । तिनाउ गाउँपालिका–१, कचल, ओखलढुंगाको मोटरबाटोसमेत पहिरोका कारण क्षति पुगेको श्रेष्ठले बताए । तिनाउ गाउंपालिका १ र २ वडा जोड्ने काठे पुल वगाउदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।

कचल अनन्ठाको दिलबहादुर बगालेको घर र खेतमा बाढीले क्षति पुगेको छ । कचलका मीन बहादुर कार्की, कोशल राज सोमरेको खेत खोलाले कटान गरेको स्थानीयले बताए । तिनाउ–१, उदाङमा खानेपानीको ट्यांकी पहिरोले क्षति पुगेको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले तिनाउ गाउँपालिकमा वाडी पहिरो प्रभावित बस्ति पासकुण्डा,बगाह र कुर्मान खोलाको काठे पुल निर्माण स्थलमा पुगेर निरीक्षण गर्नुका साथै जनश्रमदानमा सहभागी भएर फर्किनु भएको उहांका स्वकीय सचिव दिनेश जिसीले जानकारी दिनुभयो । पासकुण्डामा बाढी पहिरोवाट बिस्थापित परिवार शारदा प्रसाद न्यौपाने ९गोपाल० तथा तथा कटान प्रभावित बिश्व अर्गली, सुन्तली बिक लगायतसंग भेट गरि पुनःस्थापन र कटान रोक्ने तटबन्धनको यथाशीघ्र पहल गर्ने बताउनु भयो । तिनाउ १ र २ वडालाई जोड्न बगाएको काठे पुल मर्मतकोलागी भएको जनश्रमदानमा समेत सभामुख घर्ती मगर सहभागी हुनु भएको उहांको सचिवालयले जनाएको छ । । उक्त स्थानमा चालु आब मा काम सुरु गर्ने गरि २.५ करोड बजेट बिनियोजन गरिएको बताउनुहुदै पक्की पुलको काम सुरु गर्न पहल गरिरहेको स्थानीयलाई जानकारी गराउनु भएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  १० : ३१ बजे


©2024 lumbini mail सर्वाधिकार सुरक्षित